इन्द्रेणी संवाददाता
दाङ, २३ बैशाख । गर्मी वढेसँगै दाङमा आगलागीका घटना वढ्दै गएका छन् । जिल्लाका विभिन्न स्थानमा घर गोठमा आगलागी हुने र जनधनको ठूलो क्षति हुने क्रम वढेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज सोमवार शान्तिनगर गाउँपालिका ४ जुम्लेकुला बस्ने कुलबहादुर रेउलेको टिनले छाएको कच्ची घरमा विद्युत सर्ट भई आगलागी भएको छ ।
नगद ७ लाख १२ हजार, सुन ६ तोला, टि
भि १ थान, कपडा सिलाउने मेसिन १ थान, सोफासेट १ थान, लत्ताकपडा भाडावर्तन अन्नपात जलेर नष्ट भएको छ । आगलागीबाट करीव १६ लाख ५५ हजार बराबरको क्षेति भएको छ ।
त्यस्तै सोही ठाउँका गौरीलाल रेउलेको घरमा रहेको २० मुरी धान,४ मुरी तोरी,४ आना सुन,मोटरसाइकल १ थान,१ हल गोरू नगद १२ सय, लत्ताकपडा भाडावर्तन अन्नपात जलेका छन् भने जस्ताले छाएको २ तले घर पुर्ण रुपमा नष्ट भएको छ । जसबाट ६ लाख ३२ हजार बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी शान्तिनगरकै बुद्धिराम रेउलेको घरमा आगो लाग्दा नगद ३ लाख, साढे ३ तोला सुन, धान २० मुरी, चना २ मुरी, मसुरो २ मुरी, मोबाइल २ थान जलेका छन् भने १ हल गोरू र १ बङगुर वटा घाइते भएका छन् । आगो २ तले घर पुर्ण रुपमा नष्ट भएको र अन्दाजी ११ लाख २५ हजार बराबरको क्षेति भएको बताइएको छ ।











