काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रम राष्ट्रपतिले सम्मानित संसद्सामु प्रस्तुत गर्नेक्रममा ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय अभ्यास भएको बताए ।

pm kp oliप्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार विहान सञ्चारकर्मीसँग भने, “यो अन्तर्राष्ट्रिय अभ्यास हो । राष्ट्रपति व्यक्ति नभएर संस्था हो ।”

उनले व्यवस्था, प्रणालीको अभिभावक र संविधानको रक्षकसमेत रहेका राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा सञ्चार जगत् र बौद्धिक समुदायले समेट टिप्पणी गर्नुले आश्चर्य लागेको बताए ।

उनले भने, “मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा तपाईंको होइन भनेको होइन ।”उहाँले ‘मेरो’ भन्ने शब्दलाई बृहत् र सामुहिक अर्थमा बुझ्ने अभ्यास गर्नसमेत आग्रह गरे आजको गोरखापत्रमा खबर छ ।