इन्द्रेणी संवाददाता
दाङ, २० बैशाख । दाङमा आगलागीबाट एक जनाको घरमा क्षति पुगेको छ । बबई गाउँपालिका तल्लोे बगरपुर स्थित चन्द्र बहादुर कुमालको एक तले २ कोठे खरले छाएको कच्ची घरमा आगलागी हुँदा क्षति भएको हो ।

aagalagiआगोले घरभित्र रहेको अन्नपात लत्ताकपडा, भाँडावर्तन र नगद ५० हजार गरी जम्मा अनदाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी तुलसीपुर १५ बनगाउँ बस्ने नबिन नेपालीको १ तले २ कोठे फुसले छाएको घरमा अचानक आगलागी हुँदा घर पुर्ण रुपमा जलेर क्षति भएको छ । आगोबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद ३० हजार गरी ३ लाख ७२ हजार बराबरको क्षति भएको बताइएको छ ।
यसैगरी हावाहुरीले राजपुर गाउँपालिका ६ खांग्रा स्थित रहेको १ तले २ कोठे सामुदायिक स्वास्थ्य चौकीको जस्ता पाता उडाएको छ । हावाहुरीका रकाण करीव एक लाख बराबरको क्षति भएको छ ।

त्यस्तै घोराही उप(महानगपालिका ५ सितलपुर बस्ने रामकुमार थापा, पहल सिंह वलीको कुखुरा फर्म, बिनोद बस्नेतको गोठ, र मुक्त बहादुर केसीको गोठमा समेत हावाहुरीले क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।