दिपक बोहरा
तुलसीपुर २३ असार ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले चालु आर्थिक बर्षको अहिलेसम्म सवारी कारबाहीबाट करिब २० लाख राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७२÷०७३ को अहिलेसम्म ६६ हजार ९ सय ७२ सवारी कारबाहीबाट १९ लाख ८८ हजार राजस्व संकलन भएको ट्राफिक कार्यलय तुलसीपुरका अभिलेख शाखाका लक्ष्मण ज्ञवालीले जानकारी दिए ।police22

यो तथ्याङ्कलाई हेर्ने हो भने गत आर्थिक बर्ष बराबर राजस्व यो आर्थिक बर्षमा संकलन नहुने उनले बताए । गत आर्थिक बर्ष २०७१÷०७२ मा २४ लाख ९४ हजार राजस्व संकलन भएको थियो । उनका अनुसार मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले गर्दा पेट्रोलियम पदार्थको अभाब भएसंगै सडकमा गाडीको चाप कम भएकाले राजस्व संकलनमा कमी आएको हो ।

लामो समयसम्म मधेस आन्दोलन र अघोषित नाकाबन्दीले गर्दा बजारमा पेट्रोलियम पदार्थको आयात नहुदा सडकमा गाडीको चाप घटेको थियो । चालु आर्थिक बर्षको साउनमा ७ सय सवारी कारबाही र १२ मापसेबाट रु १ लाख ९४ हजार ६ सय राजस्व संकलन भएको थियो भने भदौमा ४ सय सवारी कारबाही र ७ मापसेबाट रु १ लाख १३ हजार, असोजमा ६ सय ५० सवारी र १६ मापसेबाट रु १ लाख ६४ हजार १ सय, कार्तिकमा ४ सय ५० सवारी कारबाही र ४ मापसेबाट रु १ लाख ४१ हजार राजस्व संकलन भएको छ ।

त्यस्तै मंसिरमा ५ सय ५० सवारी कारबाही र ४ मापसेबाट रु १ लाख २३ हजार ८ सय, पुसमा ७ सय सवारी कारबाही र ३ मापसेबाट रु १ लाख ३५ हजार ५ सय, माघमा ८ सय ५० सवारी कारबाही र २ मापसेबाट रु १ लाख ८२ हजार, फागुनमा ८ सय ५० सवारी कारबाही र ७ मापसेबाट रु १ लाख ८९ हजार ९ सय राजस्व संकलन भएको ज्ञवालीले जानकारी दिए । यसैगरी चैत्रमा १ हजार १ सय ५० सवारी साधन र ९ मापसेबाट रु दुई लाख ६१ हजार ८ सय, बैशाखमा एक हजार १ सय ८ र २ मापसेबाट रु २ लाख ४० हजार २ सय, जेठमा ४ सय ६६ सवारी कारबाही र १ मापसेबाट रु २ लाख ८३ हजार ३ सय तथा असारको अहिलेसम्म २ सय ७ सवारी कारबाहीबाट १ लाख ८० हजार राजस्व संकलन भएको अभिलेख शाखाका ज्ञवालीले बताए ।

३८ सवारी दुर्घटनामा २३ को मृत्यू
चालु आर्थिक बर्षको अहिलेसम्म तुलसीपुर क्षेत्रमा ३८ सवारी दुर्घटना हुदा २३ जनाको मृत्यू भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको तथ्याङ्कमा छ । जसमा ३५ जना गम्भिर घाईते भएका छन् भने ६४ सामान्य प्रकृतिका घाईते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका अभिलेख शाखाका ज्ञवालीले जानकारी दिए ।

दुर्घटना न्युनिकरण गर्न अभियान जारी
यसैबीच ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले दुर्घटना न्युनिकरण गर्न बिभिन्न चेतनामूलक कार्यक्रम गरेको जनाएको छ । ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख रामप्रसाद पोख्रलेले दिएको जानकारी अनुसार अहिलेसम्म बिभिन्न स्थानमा जनचेतनका कार्यक्रम, बिद्यालयमा पुगेर बिद्यार्थीलाई ट्राफिक नियम बारे जानकारी र पैदल यात्रीलाई सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी दिईएको छ ।police

ट्राफिक नियम सम्बन्धी महिनामा १÷२ पटक चेतनामूलक जानकारी, स्कुल जनसम्पर्क अन्तर्गत तुलसीपुरका सबै बिद्यालय, उरहरी, सितलपुर, रक्षाचौर, हलवार, बाघमारेका सबै बिद्यालयमा बिद्यार्थीहरुलाई ट्राफिक नियम बारे जानकारी गराईएको उनले जानकारी दिए । यस्तै ब्यस्त सडकमा पैदल यात्रुका लागि चेतनामूलक पोष्टर टा“सिनुका साथै पम्पलेट पनि वितरण गरिएको उनले जानकारी दि