दाङ, १८ वैशाख । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु सरासर गलत भएको बताए ।

mohanदाङको टरिगाउँ विमानस्थलमा आज रिपोर्टर्स क्लब नेपाल दाङले गरेको पत्रकार सम्मेलनमा वैद्यले विप्लव पार्टीको प्रतिबन्ध संविधान विपरित समेत भएको टिप्पनी गरे ।

विप्लप पार्टीले आफूले गरेको सशस्त्र संघर्ष नभएको भन्दा भन्दै सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर अनावसेक चर्चामा ल्याएको बताए ।
सीके राउतसँग रातारात वार्ता गर्ने सरकारले विप्लवसँग वार्ता गर्न खास ध्यान नदिएको आरोप थियो ।