काठमाडौं, १८ चैत । बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।
मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । आज विहानसम्म घाइतेको संख्या बढेर ४७० पुगेको छ ।
यसैबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतक परिवारलाई जनही तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।











