काठमाडौं, १७ चैत । नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनको श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएका छन् । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरुले प्रदर्शन गरेको हुन् ।

Hatya-5‘अब डाक्टर र इन्जिजियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, ¥यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन । ’

बाराको परवानीपुर बहुअरीकी सुनीतादेवीको २०५९ फागुन ९ गते वीरगन्ज २० हरपतगन्जका सचितानन्दसँग मागी विवाह भएको थियो आजको अन्नपूर्ण पोष्टमा खबर छ।

बिहेका बेला माइती पक्षले १२ लाख ५० हजार नगद र २ लाख ५० हजारका गरगहना दिएका थिए । भोजभतेर गर्दा माइतीपक्षको २० लाख खर्च भएको थियो । उनीहरुको दाम्पत्य एक वर्षसम्म राम्रैसँग चल्यो ।

त्यसपछि पतिले कार र वीरगन्जमा घर किन्न लगाउन सुनीतालाई दबाब दिन थाले । उनले थप दाइजो दिन सक्ने अवस्थामा माइती नहरेको बताएपछि मानसिक तथा शारीरिक यातना दिन थाले । उनलाई परिवारका सासु ससुरा र देवरले ०६२ साल जेठ २१ गते घरमै थुनेर आगो लगाई हत्याको प्रयास गरेका थिए ।