घोराही, १७ चैत । हापुर मा.वि रतनपुरमा जारी महायज्ञमा ३३ लाख बढी दान संकलन भएको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि घोराही १२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना गरिएको “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” ३३ लाख ४५ हजार दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
महायज्ञको तेस्रो दिन शनिवारसम्म ३३ लाख ४५ हजार १ सय ७८ रुपैया दान संकलन भएको आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए ।











