इन्द्रेणी संवाददाता
दाङ, १६ चैत । आज पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका ६४ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । देशभरका महासंघका शाखाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेका हुन् ।
दाङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अहिले विहान ८ बजे पत्रकार महासंघ दाङ शाखामा पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच कार्यक्रम राखिएको छ ।
त्यस्तै आजै ११ बजे मैत्रीपूर्ण फुटबल प्रतियोगिता, महिला पत्रकारहरु बिच कुर्सी दौड प्रतियोगिता, घैंटोफोड प्रतियोगितालगायतका कार्यक्रम राखिएको छ । यी प्रतिगोगितात्मक कार्यक्रम भरतपुर खेल मैदानमा हुने महासंघले जनाएको छ ।











