काठमाडौं, १५ चैत। आजलेखि नेपाल लगानी सम्मेलन २०१९ काठमाडौंमा शुरु हुँदैछ । बिहान ११ बजेबाट शुरु हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन् ।
काठमाडौंको सोल्टी क्राउन प्लाजामा दुई दिनसम्म चल्ने सम्मेलनमा ४० देशका प्रमुख एवं प्रतिनिधिहरु गरी ६ सण् वढी पाहुना सहभागी हुनेछन् ।
सम्मेलनका लागि नेपाल सरकारले सानादेखि ठूला विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्ने गरी ३७ करोड रुपैयाँदेखि ३ खर्ब ६९ अर्ब रुपैयाँसम्मका झण्डै ३४ खर्ब रुपैयाँ लाग्ने ७७ वटा परियोजना तयार गरेको छ ।
जसमा २७ वटा परियोजना निजी क्षेत्रका लागि छन् भने सार्वजनिक क्षेत्रको लागि ५० वटा परियोजना छुट्याइएको छ । सम्मेलनमा निजी क्षेत्रको लागि ३ खर्ब ६९ रुपैयाँ लागतका २७ वटा परियोजना राखिएको छ । जसमा १७ वटा जलविद्युत परियोजना छन् ।











