घोराही, ११ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा रहेको मावि रतनपुरमा यही चैत १४ देखी २० गतेसम्म सञ्चालन हुने महायज्ञमा विभिन्न कार्यक्रमहरु हुने भएका छन् ।
विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि आयोजना हुने “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” मा दैनिक विभिन्न कार्यक्रमहरु सञ्चालन हुने आयोजक मूल समितिले जानकारी दिएको छ ।
महायज्ञमा दैनिक विहान साढे ६ बजेदेखी साढे ७ बजेसम्म नित्य पूजा, साढे ७ बजेदेखी विहान ११ बजेसम्म पाठपारायण, साढे ११ बजेदेखी संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा दाता सम्मान कार्यक्रम र बेलुका साढे ४ बजेदेखी आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण कार्यक्रम हुने हुने आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए ।
यस्तै दैनिक १ हजार ८ शालिग्राम पूजा, धनधान्याञ्चल, संगीतमय श्रीमदेभागवत कथा प्रवचन, कलशयात्रा, तुलादान, चौरासीपूजा, सामुहिक व्रतबन्ध, ग्रहशान्ति, लाखबत्ति बाल्ने र राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजनकृतन कार्यक्रमहरु हुने आयोजक मूल समितिका महासचिव दिपक दाहालले जानकारी दिए । महायज्ञको मुख्य वाचकमा बालव्यास पण्डीत नारायण न्यौपाने रहनुहुने विद्यालयका प्रधानाध्यापक विरबहादुर रावतले जानकारी दिए ।











