इन्द्रेणी संवाददाता
दाङ, ११ चैत । दाङमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. १ वगाहसोती बस्ने हिमाल रानाको एक महिने छोरीको ज्यान गएको हो ।

aagoma jaleraएक महिने छोरी संगीता राना सुतिरहेको वेलामा वर्ष ३÷४ को छोरा अमितले सलाइ कोर्दा आगो लागी बालिकाको ज्यान गएको हो ।

आगोमा परी गम्भीर घाइते भएकी संगीताको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।