रेखा मगर
दाङ, २२ असार
दाङ प्रहरीले कैद र जरीवाना तोकिएका तर फरार रहेका ३ व्यक्तिलाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङवाटा खटिएको प्रहरी टोलीले फरार रहेकाहरुलाइ पक्राउ गरी कैद तथा जरिवाना असुल उपरको लागि दाङ देउखुरी जिल्ला अदालत दाङमा पठाएको हो । kkkk

पक्राउ पर्नेमा घोराही ६ मसिनाका अने भनिने अछनु चौधरी, लमही नगरपालिका ९ का रमेश कुमार के.सी र सोही ठाँउकै गणेश कुमार के.सी रहेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

चौधरीले कर्तव्य ज्यान सम्वन्धि ३ वर्षको कैद भुक्तान गर्नुपर्ने, रमेश कुमार र गणेश कुमार केसीले जालसाजी गरेकाले प्रतिव्यक्ति ७४ हजार १ सय ५६ रुपैयाँ जरिवाना तिनुपर्नेले भएकाले अदालतमा पठाइएको शर्माले वताउनुभयो ।।