रुकुम, ६ चैत । आफ्नै छोरीलाई पटक पटक बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई वर्षदेखि आफ्नै १७ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा रुकुम सानीभेरी गाउँपालिकाका ३४ वर्षीय ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
चैत्र १ गते छोरीलाई बलात्कार गरेको र आमाले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।श्रीमती माईतीमा गएको समयमा र विद्यालयबाट साथीको घरमा गएको बेला छोरीलाई जबरजस्ती समातेर घर लैजाने क्रममा बाटोमा पर्ने एक खाली गोठमा लिएर बलात्कार गरेको निवेदन उल्लेख छ ।











