दीपबहादुर घर्ती
जाजरकोट, २२ असार ।
गत साता परेको अविल वर्षाका कारण आएको वाढीले स्कुल वगाएपछि विद्यार्थी पढने ठाउँसम्म रहेन । लहँ ४ स्थित जनता प्राथमिक विद्यालयका दुईवटा भवन वाढीले वगाएपछि यस्तो अवस्था आएको हो ।jkt

गत साताको १४ गते र १५ गते राती परेको अविरल वर्षाका कारण माथिवाट आएको वाढीले जनता प्राविका दुई कोठे दुई वटा भवन वगाएर विद्यालय रहेको स्थानलाई वगरमा परिणत गरिदिएको छ ।

विद्यालयका प्रधानाध्यापक वलवहादुर रावलका अनुसार विद्यालयको खेल मैदान, खानेपानी धारा र शौचालय नै वगाएको छ  । यसैगरी वाढीले सर्वजीत परियार र वलवहादुर रावलको घर जग्गानै वगाएको छ ।

घर जग्गा वगाएर विस्थापित भएका सर्वजीत परियारको परिवार अर्काको घरमा आश्रित भएको छ भने, वलबहादुर रावलको परिवार वाढीले वगाउन वाँकी रहेको विद्यालयको कार्यालय कोठामा आश्रित छ । वलबहादुर रावलको १० मुरी भन्दा वढी धान फल्ने खेत र सुरेन्द्र चन्दको ८ मुरी भन्दा वढी धान फल्ने खेतलाई वाढीले वगाएर वगरमा वदली दिएको स्थानिय मदन रावलले वताएका छन् ।

वर्षे विदा सकिएपछि विद्यार्थीहरुको पठनपाठन कसरी र कुन ठाउँमा सञ्चालन गर्ने भन्ने विषयमा निकै चिन्ता थपिएकको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रावलको भनाई रहेको छ ।।