इन्द्रेणी संवाददाता
दाङ, २२ असार
नेपाल प्रेस युनियन दाङको आयोजना तथा तुलसीपुर नगरपालिकाको सहयोगमा आज देखि खोज तथा बिकास पत्रकारीता तालिम सुरु भएको छ । दुई दिन सम्म चल्ने तालीममा विभिन्न सञ्चार माध्ययममा कार्यरत दुईदर्जन बढि पत्रकारहरुको सहभागीता रहेको छ । mahila

तालीमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाँ र पूर्व केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल रहनु भएको छ । तालीममा बिकास र खोजपत्रकारीताका बिषयमा प्रशिक्षण दिईने छ । तालिमको आज एक कार्यक्रम गरेर उद्घाटन गरिएको हो ।
युनियन दाङका अध्यक्ष शुसील बस्नेतको अध्यक्षता एवं कांग्रेस दाङका सभापति किर्ती वहादुर खड्काको प्रमुख आतिथ्य तथा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाँको विशिष्ट आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।  कार्यक्रममा सहभागीहरुले पत्रकारीता स्वच्छ एवं निश्पक्ष रहनु पर्नेमा जोड दिँदै खाजमुलक समाचार लेखनमा जोड दिएका थिए ।

खोजी पत्रकारीता बिकासको आधार रहेको भन्दै उनिहरुले खोज तथा अनुसन्धान मुलक समाचारले समाजमा व्याप्त बिकृत संस्कृतीको अन्त्य हुने वताए । कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र बस्नेतले गर्नुभएको थियो ।।