इन्द्रेणी संवादाता
दाङ, २२ असार
दाङमा नदिमा डुवेर एक वृद्धको ज्यान गएको छ । तुलसीपुर नगरपालिका ४ राजपुर निवासी ६३ बर्ष का बिष्णुभक्त अधिकारीको नदिमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले वताएको छ ।deukhuri

भालुवाङ्ग स्थित छोराको घर जानुभएका अधिकारी हिजो घुम्न निस्कनुभएको थियो ।
घुम्न निस्किएका अधिकारी सम्पर्कमा नआएपछि छोरा केदार अधिकारीले ईलाका प्रहरी कार्यालय भालुवाङ्गमा हराएको भनी खबर गर्नुभएको थियो ।

खबर पाए लगतै खोजीकार्य सुरु गरेको प्रहरीले आज अधिकारीको शव फेला पारेको हो । अधिकारीको शब राप्ती नदीमा बनाएको नहरको पहिलो इन्टेकमा फेला परेको दाङका प्रहरी प्रबक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो । मृतक अधिकारीको शब पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ ।।