इन्द्रेणी संवाददाता
दाङ, २२ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.ले भोली फागुन २३ गते राप्ती बन्दको आह्वान गरेको छ । सरकारले आफ्ना कार्यकर्तालाई गैरजिम्मेवारीपूर्ण ढंगबाट धरपकट गरेको विरोधमा एक दिने राप्ती बन्दको आह्वान गरेको हो ।

biplav२०७५ फागुन २० गते ने.क.पा. रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेन र २०७५ फागुन २१ गते शहिद परिवार बेपत्ता योद्धा परिवार घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको छ बताइएको छ ।

rapti press meetउनीहरुको विनासर्त रिहाइ गर्न सकेत नेकपाले आग्रह गरेको छ । पक्राउ गरिएका आफ्ना कार्यकर्ताहरुलाई विनासर्त रिहाइ नगरिए कडा आन्दोलनको घोषणा गर्ने समेत राप्ती व्यूरो इञ्चार्ज सुवारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।