राजविराज, १८ फागुन । पूर्व–पश्चिम राजमार्गको सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डलको मृत्यु भएको हो । मण्डल मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकल चालक उनका श्रीमान दुर्गानन्द र सोही मोटरसाईकलमा सवार निजकै १२ वर्षीय छोरा चेतनारायण सामान्य घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ५ प १६८७ नं को मोटरसाईकललाई विपरीत। दिशाबाट आउँदै गरेको ना ६ ख १३१७ नं को मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।











