काठमाडौं, १८ फागुन । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनलाई केही अस्पताल राखिने भएको छ ।
उनले बिहीबार स्वर्गीय रविन्द्र अधिकारीका आमा बुबा लगायतलाई भेटेपछि स्ट्रसेस लिएका थिए । लगतै मन्त्री निवास पुल्चोक पुगेर ुवाथ रुमुबाट फर्किएपछि रिङ्गटा लागेर ढलेका पुनलाई लगतै नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
केही दिन निगरानीमा राखेर उपचार गर्नु पर्ने भएकाले अस्पतालमा राखिएको हो । तर, मन्त्री पुनको स्वास्थ्य भने सामान्य रहेको चिकित्सकले बताएका छन् ।











