तुलसीपुर,१७ फागुन । कैलाशधाम नागेश्वर मन्दिर निमार्ण गर्नका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बनहरीमा सम्पन्न महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ ।

nepali-note1गत माघ २३ देखि फागुन २ गतेसम्म सञ्चालन भएको महायज्ञमा रसिद दानबाट ५५ लाख ६० हजार ९ सय १४ रुपैयाँ, भेटी सकंलनबाट ७० हजार ८ सय ७२ रुपैया, दान पेटिकामा सकंलित रकम ३४ हजार ८ सय ७२ रुपैया र अन्य धानबाट ३ लाख ५४ हजार ६ सय २५ रुपैया र चामलबाट ४५ हजार गरि ६० लाख ६६ हजार २ सय ८ रुपैयाँ आर्थिक सकंलन भएको आयोजकले जनाएको छ ।

महायज्ञ मुल आयोजक समितीका महासचिव राजेन्द्र प्रसाद पोख्रेलले उक्त रकम मध्ये २२ लाख ६७ हजार ८८ रुपैया अझैं उठ्न बाँकी रहेको जानकारी दिए । महायज्ञमा १७ लाख ९२ हजार २ सय ९५ रुपैयाँ खर्च भएको र ४२ लाख ७३ हजार ९ सय १३ रुपैया बचत रहेको जानकारी दिए ।