दाङमा सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन । दाङको दुधरासबाट छिल्लिकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान बिहिवार तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बाहिरी संक्राम भन्ने स्थानमा दुर्घटना हुँदा भ्यानका चालक तुलसीपुर उपमहानगरपालिका १९ बाँसगडीका ३५ बर्षिय लालबहादुर रावत र तुलसीपुर उपमहानगरपालिका १९ छिल्लिकोटका ५५ बर्षिय अमर बहादुर ओलीको घटनास्थल मै मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन । घाइते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका १९ का ४४ बर्षिय कर्णबहादुर खड्का सोही स्थान बस्ने १६ बर्षिय लिलाबहादुर खड्का , घोराही उपमहानगरपालिका १५ कि बर्ष २२ कि सपना सेन निजका छोरा बर्ष ५ का सन्दिप सेन र निजकै छोरा बर्ष १ का सुजल सेन रहेका छन । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुर्घटना के कति कारणले भयो भन्नेकुरा एकिन हुन नसकेपनी भर्खर मात्र निर्माण गरिएको उकालो बाटो पानीका कारण चिप्लो भएर दुर्घटना भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।