शरद रेग्मी
तुलसीपुर, ११ फागुन । संघीय सांसदका सभामुख कृष्णबहादुर महराले सामुदायिक बिधालयहरुले गुणस्तरीय शिक्षा दिन सुरु गर्नुपर्ने बेला अाएकाे बताउनु भयकाे छ । सभामुख महराले बिधालयहरुले प्रदान गर्ने शिक्षामा कुनैपनि भेदभाव हुन नहुने भन्दै शिक्षामा सुधार अाबश्यक रहेकाे अाैल्याउनु भयाे ।

तुलसीपुर–४ रक्षाचौर स्थीत गुरुजजुर नमुना माध्यामिक विद्यालयको शैक्षिक तथा भौतिक विकाशमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयाे ।

विद्यालयको ६४ बार्षिकोत्स तथा अभिवाक भेलालाई सम्वोधन गदै सामुदायिक विद्यालयमा पनि यस विद्यालयले पछिल्लो समयमा धेरै शैक्षिक फटको मारेको भन्दै विद्यालयलाई आफनो क्षेत्रबाट हुने सवै सहयोग मिल्ने बताए । ‘विद्यालयको जग्गा दर्ता देखि भौतिक र शैक्षिक विकाशको लागि मेरो क्षेत्रबाट हुने सवै सहयोग मैले गर्नेछु उहाले भन्न भयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्काको अध्यक्षता तथा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका शिक्षा संयोजक देवराज विश्वकर्माले यस विद्यालयलाई स्मार्ट विद्यालय बनाउन नगरपालिका सहयोग गर्ने बताउनुभयाे । बार्षिकोत्सवमा विद्यालय नेपाली काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्का, व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिल्लीबहादुर खड्का, वडा नं ४ का वडा सदस्य डिला परियार, शंकर गौतम, कृष्णकुमार गिरी, सुरेन्द्रबहादुर खड्का, विद्यालय स्थापना गर्ने संस्थापक प्रसुराम गुरुङका छोरा मनबहादुर गुरुङ, पुर्व विद्यार्थी सुर्यप्रसाद शर्मा पुरस्कार स्थापनक कर्ता लक्ष्मण केसीलगायतले बोलेका थिए । सो अवसरमा विद्यालयका शिक्षकहरु प्रमोद न्यौपाने, नारायण देवकोटा, सुसीला सुवेदी, सोनि सिंहलाई कदरपत्रले सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यालयको प्रगति प्रतिवेदन पेश गदै विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको बताएउनु भयाे ।

विद्यालयका शिक्षक लेवेन्द्र धितालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका धन्यवाद ज्ञापन शिक्षक अभिभावक संघका अध्यक्ष सुरविर वलीले गरेका थिए भने कार्यक्रमको सहजिकरण शिक्षक प्रमोदकुमार न्यौपानेले गरेका थिए ।