दाङ, ७ फागुन । धारपानीमा हुन लागेको महायज्ञका अबसरमा घर दैलो अभियान सुरु गरिएको छ । घोराही स्थित तुलसीपुर चोकबाट सुरु गरिएको घरदैलो न्यू रोड,दामोदर चोक, बैङ्क रोड, शहिद उमेश मार्ग लगाएका विभिन्न स्थानमा संचालन गरिएको थियो ।
घर दैलो अभियान पाण्डेबश्वर धाम महायज्ञ मुल समितिका संयोजक गणेश कुमार अधिकारी र सचिव बिष्णुराम आचार्यले संयुक्त रुपमा गरे । घर दैलोमा निमन्त्रणा कार्ड प्रदान गरिएको थियो ।
सो अवसरमा मातृ शक्ति समेत परिालन गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
पाण्डेवश्वर मन्दिर धारापानीको पूर्वाधार विकास र पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उदेश्यका यही फागुन ११ देखि २२ गते महायज्ञ संचालन हुन लागेको छ ।











