इन्द्रेणी संवाददाता
दाङ, ७ फागुन । दाङका विभिन्न खोलाहरुमा अबैध रुपमा भइरहेको नदीजन्य पदार्थको दोहनप्रति नागरिक समाज दाङले ध्यानाकर्षण भएको जनाएको छ । आज सम्पन्न समाजको बैठकमार्फत ध्यानाकर्षण भएको जनाउदै त्यस्ता कार्य रतत्काल रोक्न सम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

nadi-janya-bastuत्यसैगरी पाँच नम्बर प्रदेश स्थापनाको एक वर्ष पुग्दासमेत प्रदेशको नाम र राजधानी नतोकिएको अवस्थामा पाँच नम्बर प्रदेशको नाम तोकी राजधानी दाङ तोक्न प्रदेश सभालाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रदेशको नामारण तथा स्थान छनोेट सुझाव समितिले तय गरेको मापदण्ड अनुसार दाङ राजधानीका लागि उपयुक्त रहेको तथ्य नागरिक समाजका तर्फबाट मुख्यमन्त्री, प्रदेश सभामुख र छनोट समितिलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै समाजका गतिविधिको समीक्षा गर्दै स्थापना कालदेखि नै जनअधिकारका विषयमा अग्रपंक्तिमा रहेर क्रियाशील हुँदै आएको नागरिक समाज दाङले सो स्प्रीटलाई कायम राख्दै आगामी गतिविधि गर्ने निर्णय, प्रजातन्त्र दिवसको सन्दर्दमा देशमा प्रजातन्त्र स्थापनाका लागि नेपाली जनताको लामो संघर्षको स्मरण गर्दै ज्ञात अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ ।