ललितपुर, ७ फगुन । नेपाल प्रहरीका एक पुर्व हवल्दार आफनै नौ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गोदावरी नगरपालिका–४ बडीखेल निवासी उनले शुक्रबार राति आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्त पुर्वहवल्दार भगौडा प्रहरी पनि हुन् । उनका भतिजा विप्लपको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थपिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए । मिश्रका अनुसार घटना शुक्रबार राति ८ बजेको हो । ‘अभियुतmले मातेको बेला यस्तो अपराध गरेको खुलेको छ’, उनले भने ।
श्रीमती माइतीघर ९पोखरा० गएको बेला उनले छोरीलाई जबरजस्ती करणी गरेका थिए । बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको हेल्थपोस्टमा चेकजाँच गर्न लगिएको थियो अन्नपूर्णमा खबर छ। हेप्थपोष्टमा लैजाँदा उनको यौनाङ्गगमा चोट लागेर रगत बगेको देखिएपछि पाटन अस्पताल पठाइएको थियो । हेल्थपोष्टमा बालिकाले बाबुले यस्तो अवस्था बनाएको बताएकी थिइन् ।











