इन्द्रेणी संवाददाता
दाङ, १ दाङ । प्रहरीले चितुवाको अबैध छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

chetuwaआज विहान बाँकेको वसपार्कस्थित शर्मा गण्डकी होटलको अगाडी प्रदेश नं. ५ को विशेष प्रहरी टोलीले रोल्पा मलवाङ नगरपालिका १ बस्ने ४४ वर्षीय चन्द्रबहादुर घर्ती र सोही ठाउँ बस्ने ४० वर्षीय आइती विष्टलाई पक्राउ गरेको हो ।

करीव २ मिटर लामो एक थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।