इन्द्रेणी संवाददाता
दाङ, १७ माघ । दाङमा एक जनालाई प्रहरीले ५ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ४ सोनपुर बस्ने ५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर बस्ने १८ वर्षका मुकेश विकलाई प्रहरीले पक्राउ गरेको हो ।
विकले ती बालिकालाई बुधवार बेलुका साढे ६ बजेतिर घर जिकैको खोलामा लगेर जवरजस्ती गरेको बताइएको छ ।











