इन्द्रेणी संवाददाता
दाङ, १७ माघ । दाङ प्रहरीले चार जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

gunnयसरी पक्राउ गर्नेहरुमा राजपुर गाउँपालिका १ कटबेरवा बस्ने बर्ष ५० को केशरबहादुर घर्ती, गढवा गाउँपालिका ७ चन्दनपुर बस्ने बर्ष २८ को ईन्द्रप्रसाद चौधरी, सोही ठाउँ बस्ने बर्ष २३ को राजु बिक, र बर्ष ३२ को कृष्णबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुमाथि हातहतियार खरखजना कसुर अन्तर्गतको मुद्दा दर्ता गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।