दाङ, ७ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको मूख्य आयोजनामा माघ १० गतेदेखि २० गतेसम्म घोराहीमा सञ्चालन हुने ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्टी महोत्सव तथा प्रदर्शनी– २०७५ को तयारीलाई तीब्र पारिएको छ ।

aaaaaमहोत्सव स्थलमा स्टल, सचिवालय र बाल उद्यान निर्माणको काम भइरहेको छ । घोराहीको कृषि सामग्री कम्पनीको प्रागंनमा सञ्चालन हुने महोत्सवको काम तीब्र गतिमा भएरहेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिए । महोत्सव स्थलमा भौतिक निर्माणका साथै महोत्सव सफल बनाउन सरोकारवालाहरुसँग पनि छलफल जारी रहेको उनले बताए ।

यसैबीच महोत्स सफल पार्न नेपाल अण्डा उत्पादन संघ जिल्ला शाखा दाङले पनि महोत्सवलाई सहयोग गर्ने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष निमबहादुर वुढाथोकी र नेपाल अण्डा उत्पादन संघ जिल्ला शाखा दाङका अध्यक्ष अञ्जनकुमार पौडेलले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सञ्चालन हुने महोत्सव समग्र दाङका पोल्ट्री व्यवसायका सफलताका लागि भएको भन्दै यसलाई आपसी सहकार्य गरेर जाने बताएका छन् ।

महोत्सवमा पोल्ट्रीजन्य सामग्रीका ८० देखि १ सय स्टल रहनेछन् । महोत्सव अवधिभर करीव २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।