काठमाडौं, ५ माघ । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महिनामा निर्यातभन्दा आयात डर लाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट १० दशमलव १ प्रतिशत निर्यात भएकोमा यस आर्थिक वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११ दशमलव २ प्रतिशत पुगेको छ । यो तथ्य निर्यातभन्दा आयातको २३ प्रतिशतले बढी हो ।

NEPALI-NOTEआव २०७४/७५ को मङ्सिरसम्म १८ दशमलव २ प्रतिशत रहेको आयात वृद्धिदर यो वर्ष पाँच महिनामा १६ प्रतिशतले वृद्धि भई ३४ दशमलव २ प्रतिशत रहेको छ । नेपाली उत्पादनभन्दा उपभोग वृद्धि भएकाले मुलुकको शोधानन्तर स्थिति कमजोर हुँदै गएको हो ।

अर्थशास्त्री भवानी खनालका अनुसार मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था बराबरी हुनु पर्ने हुन्छ । उनले भने, नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात २३ प्रतिशतले बढ्नु भनेको दिगो विकासमा राम्रो सङ्केत होइन ।

वस्तुगत आधारमा चालू आवको पाँच महिनामा छ खर्ब सात अर्बको पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्ट्स, हवाइजहाज तथा पार्टपूर्जा लगायत उपकरण तथा पार्टपूर्जा, तरकारी फलफूल तथा खाद्यान्न आयात बढेको छ भने निर्यात गर्न सकिने सम्भावनायुक्त कृषि क्षेत्रसमेत परनिर्भर छ ।

चालु आवको पाँच महिनामा ३७ अर्ब ५० करोडका वस्तुगत सामग्रीमा जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान निर्यात भएको थियो । यस हिसाबले चालू आवको पाँच महिनामा मुलुकको व्यापारघाटा पाँच खर्ब ६९ अर्ब ५० करोड पुगेको छ । रासस