इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । दाङको विजौरीमा करीव दश वर्ष पहिले भएको बालात्कारका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

Dang copy२०६५ चैत्र १५ गतेका दिन घोराहीमा प्लस टुमा अध्ययनरत १७ वर्षिया कल्पना खनाललाई बलात्कार गर्ने साविक विजौरी वडा नं. ८ का ३१ वर्षीय विष्णु चौधरीलाई विहीबार दाङ प्रहरीले पक्राउ गरेको हो ।

सर्वाेच्च अदालतले उक्त घटनाको दोषिमाथि कारवाही गर्न २०७३ फागुन ३० गते नै ९ वर्ष ११ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

कल्पनालाई नेपाल बन्दका कारण कलेजबाट पैदन घर फर्कने क्रममा वेल्झुण्डिस्थित संस्कृति विश्वविद्यालय चोकको प्रतिक्षालयबाट सोही स्थानको दक्षिततर्फको टिनको घुम्तीमा गरेर नसालु पदार्थ खसवाइ ९ जनाले सामुहिक बलात्कार गरेका थिए ।

उक्त बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरेको र अन्य फरार एक जना ( मोहन पुन) को खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाका आधारमा मुख्य अपराधि चौधरीलाई पक्राउ गरी कारागार चलान गरिएको बताइएको छ । बलात्कारपछि विछिप्त बनेकी कल्पनाको ४८ दिनपछि मृत्यु समेत भएको थियो ।