इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । दाङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् ।
मानपुर बिजौरीबाट मानपुर तर्फ आउदै गरेको रा ३ प ९११६ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही निवासी छोटकनिया चौधरीलाई ठक्कर दिँदा घाइते भएका हुन् ।
चौधरीलाई उपचारको लागि नेपालगंञ्ज पठाइएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा लिएको छ ।











