बागलुङ, २ माघ । प्रहरीको कुटपिटबाट बागलुङ गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री गम्भीर घाइते भएका छन् । सुरक्षामा खटिएका हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् ।

Trafic policeफोटो फाइल

गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । बस्नेतको पिसाव नली फुटेको छ । कुटपिटपछि शरिरमा रगत धेरै जमेकाले अप्रेशन गरिएको अस्पतालले जनाएको छ । बस्नेत हालसम्म पनि अचेत अवस्थामा छन् ।