इन्द्रेणी संवाददाता
दाङ, २ माघ । दाङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लमही नगरपालिका वडा नं. ६ देउपुर भित्रिसडकमा रा २ प १५४३ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक लमही ५ का २७ वर्षिय नारायण खनालको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएको खनालको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु् भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटना तीब्रगतिका कारण भएको बताइएको छ ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १८ पत्रेखोलास्थित घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ३ प ८३६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही ८ का कृष्ण डाँगी घाइते भएका छन् । उनको उपचार मेडिकल कलेज कोहलपुर भइरहेको छ ।











