रोल्पा, २४ पुस । रोल्पाको लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।

accdentसुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग १ ख ५५२१ नंं. को बस सोमवार दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ९रासस०