घोराही, १९ पुस । श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञ एवम् वाराहक्षेत्र मावि शैक्षिक, धार्मिक तथा सास्कृतिक महामहोत्सवको तयारी तिब्र रुपमा भइरहेको छ ।
वाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाँउ दाङको पुर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनार्थ यही माघ ३ गतेदेखि ११ गतेसम्म हुने ज्ञान महायज्ञ तयारी तिब्र रुपमा रहेको मुल आयोजक समितिका निर्देशक प्राध्यापक डा अर्जुन कुमार डाँगीले जानकारी दिएका छन् । समितिका निर्देशक प्राध्यापक डाँगीले महायज्ञको प्रचार प्रसार, सरोकारवालाहरुसंग छलफल तथा आर्थिक संकलकको विषयमा बैठक भइरहेको वताएका छन् ।
महायज्ञ मुल आयोजक समितिका निर्देशक प्राध्याक डा डाँगी, संयोजक विमला योगी, सह–संयोजक कुलबहादुर घर्ती, विद्यालयकी प्रधानाध्यापक तथा दाता पहिचान तथा समन्वय उपसमिति संयोजक वाल्मी केसीले महायज्ञलाई सफल वनाउनको लागि घोराही उपमहानगरपालिकाका मेयर, उपमेयर, विद्यालयका पुर्व विद्यार्थी लगाएतका सरोकारवालाहरुसंग छलफल गरेका छन् ।











