दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) दाङमा नयाँ कार्यसमिति चयन भएको छ । आइतवार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट रेशमबहादुर बुढाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

111समितिको बरिष्ठ उपाध्यक्षमा मधुसुदन केसी, उपाध्यक्षमा निर्मल न्यौपाने र विजय जिएम, सचिवमा खगेश्वर पौडेल, कोषाध्यक्षमा टेकबहादुर केसी, सहसचिवमा धनिराम भन्डरी र विकास रजौरे र सहकोषाध्यक्षमा तुलसिराम डाँगी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विमल अधिकारी, विश्वमणि देवकोटा, गंगा पन्थी र टिम अधिकारी चयन भएका छन् ।