घोराही, १५ पुस । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई मातृशोक परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी निबासी ९० बर्षिया झुविया चौधरीको आज बिहान घरमै निधन भएको हो ।
दिवंगत चौधरी केही समय देखि रक्तचापको समस्यामा रहनुभएका थियो । उहाँको आजै बबई नदिको चेपेखोला घाटमा अन्तिम दाहासंस्कार गर्ने परिवारले जनाएको छ ।
यसैविच घोराही उप महानगरपालिकाले नगर प्रमुख नरुलाल चौधरीको आमाको निधन प्रति दुःख व्यक्त गरेको छ । उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रबक्ता भरत अर्यालले शोक बिज्ञप्ती जारी गर्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धान्जली व्यक्त गरेका छन्










