दाङ, १४ पुस । थारू समुदायको मुख्य पर्वको रुपमा मानिने माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ ।

tharu-culture-dance-during-maghiयही पुस २७ र २८ गते आयोजना गर्न लागिएको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन उक्त जिल्लास्थित थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महोत्सवमा मघौटा नाचको विशेष प्रस्तुत रहनाका साथै थारू परिकारका रूपमा घोङी, ढिक्री, अनदी चामलको भात, माछा, सुँगुरको मासुलगायतको स्टल राखिने संयोजक चौधरीले बताए ।