दाङ, १० पुस । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार पुस १२ गतेदेखि टरिगाउँमा दैनिक हवाई सेवा सञ्चालन हुनेछ ।
यसअघि नेपाल वायुसेवा निगमको जहाजले साताको तीन पटक उडान भर्दै आएको थियो । पटक पटक हवाई सेवा बन्द हुँदै आएको उक्त विमानस्थलमा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले उडान भर्दै आएको र उपमहानगरपालिकैको संयोजन र पहलमा अब साताको सातैदिन उडान भर्न लागेको हो ।











