काठमाडौंँ, १० पुस । आज क्रिसमस पर्व । यो पर्व विद्यालय कलेजदेखि रेष्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म विविध कार्यक्रमको आयोजजना गरी मनाइदैछ ।
सबैतिर झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले ’हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । धर्म निरपेक्षतासँगै सबै धर्मालम्बीले सम्मानपूर्वक आ–आफ्ना धर्म मान्नुका साथै चाडवाड मान्न थालेका छन् ।











