गोविन्द खड्का
घोराही ८ पुस । एउटै कोेठामा तीनताल बनाएर घोराही १६ बाहुन डाँडाका मनिराज पुनले गोब्रे च्याउ खेती गरेकी छन् । ‘एउटा कोठामा उम्रिएको च्याउले कति कमाइ दिन्छ ?’ यसरी प्रश्न गर्दा पुन भनिन्, ‘न्युनतम एक लाख ।’ चम्किलो अनुहार बनाएर जवाफ दिँदै गर्दा कटक्क जिभ्रो टोक्नुपर्छ ।
मुस्किलले एउटा खाट, किचेन याक र ओढ्ने ओच्छ्उन राख्न मिल्ने साँघुरो कोठामा लाखौ कमाई हुन्छ भन्दा पत्याउन कठिन हुन्छ । आफु सुत्नेकोठा मुनिकोमा च्याउ उत्पादन गरेर पुनले प्रमाणित गरिदिएकी छन् । पुर्व एमाले जिल्ला कमिटी सदस्य पुन बोली बेच्ने भन्दा व्यवहार देखाउनेमा विश्वास गर्छिन् । प्युठानको प्रसिद्ध धार्मिक एवं पर्यटकिय स्थल गौमुखीको नाममा गौमुखी च्याउ तथा कृषि उद्योग दर्ता गरी सन्चालनमा ल्याएकी हुन् । गौमुखी गापा ३ रजवारा प्यूठान जन्मिएका पुन, सिर्जनशीलताले परिचति छन् । जसले घर भित्रै बाट कमाउने नयाँ तरीका सफल परिक्षण गरेकी हुन् ।
घरको तल्लो तलाका दुई वटा कोठामा डल्ले च्याउ उत्पादन गरेकी छन् । लगातार तीन बर्षको मेहनतले गोब्रे च्याउ खेति सफल भएको उनको भनाइ छ । भाडामा नजाने मुख्य बजारभन्दा बाहिरको व्यकामे जस्तै कोठा लाखौँ उत्पादन गर्ने च्याउ कारखाना बनेका छन् । विश्वका आठ देशको प्रत्यक्ष अनुभव संगालेको पुन घरभित्रै खेती गरेर मनग्य कमाउने सबैभन्दा पच्छिल्लो र नयाँ सृजनशील विधि भएको बताइन् । कमाउन चाहे उपाए प्रशस्त रहेको पुनको भनाइ छ । कमाउन विदेशै जानुपर्ने, ठुलै लगानी हुनुपर्ने भन्दा इच्छा शक्ति र मेहनत चाहिन्छ । सोचे जति कमाई खुरु खुरु गोजिमा आउँछ ।
अहिले तीन टन कम्पोष्ट राखिएको छ त्यसबाट एक टन च्याउ उत्पादनको लक्ष्य रहेको पुनले बताउनुभयो । उनकाअनुसार सुप खानलाई सर्वाधिक खोजी हुने च्याउ हो । डल्ले च्याउ भनेर पनि परिचित छ । दैनिक एक सय केजी वटन मस्रुमका नाउमा भारतबाट घोराही बजार भित्रिन्छ । त्यसलाई विस्थापीत गर्ने लक्ष्यका साथ आगामि बर्र्ष तीस टन उत्पादन गर्नेे पुनले सुनाइन् ।
त्यसका लागि प्रदेश र स्थानीय सरकारको प्राविधिक एवं अन्य सहयोगको आश गरेको बताइन् । त्यसरी फस्टाउने वातावरण दिए प्रदेश धनी बन्ने भनाइ छ । प्रतिकिलो च्याउ पाँच सयमा घरैबाट विक्री हुने गरेको छ । खेती घरभित्रै हुन्छ ।
यसले कमाउनका लागि जमिनको अभाव भन्नेहरुलाई गतिलो जवाफ दिएको छ । विहान ४ बजे उठेर च्याउमा पानी चार्न शुरु गर्ने पुन राति १० बजेसम्म व्यस्त रहने गर्छिन् । त्यही मेहनतका कारण दाङमा च्याउको अभियान्ताको मानक पाउने गरेकी छन् । कन्या च्याउ बाट थालिएको उत्पादन अति धेरै परिश्रम खर्च हुने गोब्रे च्याउको सफलतामा पुगेको छ ।











