दाङ, ५ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत दाङको देउखुरी क्षेत्रमा करीब एक हजार ३ सय हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ ।

makai2परियोजनाअन्तर्गत विगतका वर्षहरुमा एक हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिदै आएकोमा यसवर्ष थप तीन सय हेक्टर क्षेत्रफलमा खेती हुन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मकै सुपरजोन लमहीले जनाएको छ ।
देउखुरी क्षेत्रलाई आर्थिक वर्ष २०७३ ७४ मा मकैको सुपरजोन घोषणा गरिएको थियो ।