इन्द्रेणी संवाददाता
दाङ, ५ पुस । दाङमा टेक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु १ त ९७०७ नम्बरको टेक्टर घोराही ३ चौपट्टामा दुर्घटना हुँदा टेक्टरमा हेल्पर घेरुवा गाउँपालिका ५ बर्दिया बस्ने १६ वर्षिय सन्तलाल चौधरीको मृत्यु भएको हो ।

फोटो फाइल
दुर्घटनामा घाइते चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ ।











