काठमाडौं, ४ पुस । कांग्रेसको महासमिति बैठकले पार्टीमा अब आठ जना पदाधिकारी रहने टुंगो लागेको छ ।

congresयससँगै कांग्रेसमा अब एक जना सभापति, दुई–दुई जनाका दरले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी कुल ६ जना र कोषाध्यक्ष एक गरी आठ जना पदाधिकारी रहने छन् ।

यस्तै, पदाधिकारी बन्नका लागि कोषाध्यक्षबाहेकका सबै पदमा महाधिवेशनबाट निर्वाचित हुनुपर्ने छ भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जना कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेगरी विधानको मस्यौदामा सहमति भएको छ । यस्तै, कांग्रेसको केन्द्रीय कार्यसमितिको आकारसमेत ८५ बाट बढाएर १६१ पु¥याइएको छ ।