वुटवल ३ पुस । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक रहेको बताएका छन् । मन्त्री वरालले निःशुल्क शिक्षाको कुरा गर्दा शिक्षा क्षेत्र झनै अस्तव्यस्त हुने बताए ।

p2रिपोटर्स क्लब नेपाल प्रदेश नम्वर ५ ले आज वुटवलमा आयोजना गरेको शैक्षिक बहस कार्यक्रममा मन्त्री वरालले निःशुल्कका भन्दा गुणस्तरीय र अन्तराष्ट्रिय मापदण्डको शिक्षा कसरी दिने भन्नेमा सबैको ध्यान जानुपर्ने बताए ।