इन्द्रेणी संवाददाता
दाङ, २ पुस । पत्रकार महासंघ दाङले आफ्नो २६ औं स्थापना दिवस तथा वार्षिक साधारसणसभामा पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ । महासंघमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट उनीहरुलाई सम्मान गरिएको हो । महासंघल योगदान पत्रकारिता पुरस्कारबाट महासंघका संस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेललाई सम्मान गरेको छ ।

fnjत्यसैगरी पत्रकारिता प्रतिभा पुरस्कारबाट नारायणी रजौरे, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रीता लामा, महिला सिर्जनशील पत्रकारिता पुरस्कारबाट विमला घर्ती, पत्रकारिता प्रोत्साहन पुरस्कारबाट आभाष बुढाथोकी, ओमप्रकाश गुप्ता, दिपक जिएम र विकास डाँगीलाई पुरस्कृत गरिएको छ । त्यस्तै कवि–गोकुल स्मृति पत्रकारिता पुरस्कार जीवन नेपाली, रोशन स्मृति पत्रकारिता पुरस्कार पुरन शर्मा, पण्डित लिलाकण्ठ मरहट्ठा पत्रकारिता पुरस्कार विमल योगी, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार सुरेश सुमन डाँगी, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विवेक खडकालाई प्रदान गरिएको छ ।

त्यसैगरी ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार गोपाल शर्मा भट्टराई, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार विमल गौतम, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार अमरराज आचार्य, लोककुमारी स्मृति पत्रकारिता पुरस्कार युगराज पोख्रल, नदीनस्मृति पत्रकारिता पुरस्कार इन्द्र विवश डिसी, नारायणी स्मृति पत्रकारिता पुरस्कार देवी भण्डारी र फोटो पत्रकारिता पुरस्कार कुलदीप न्यौपानेलाई प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द आचार्य, वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, सचिव उदय जिएम, महासंघ दाङशाखाका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मालगायतका अतिथिहरुले सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई खादा, टिका र नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

fnnकार्यक्रममा छापामाध्यमतर्फ राप्ती पोष्ट दैनिक र साक्षी खबर साप्ताहिक, विद्युतीयतर्फ रेडियो हापुरे र रेडियो साझा आवाज सम्मान गरिएको थियो । त्यस्तै पुरस्कार संस्थापक मध्येबाट बसन्त आचार्य, ललिता केसी र भुपेन्द्र सुवेदीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुले पत्रकार आचारसंहितामा रहेर जनताको आवाज बोल्नुपर्ने बताए । मुलुक संघीयतामा गएसँगै महासंघ पनि संघीय संरचनामा गएको तर केन्दीय, प्रदेश र स्थानीय तहमा निर्माण भएका सञ्चार नीतिहरुका कारण पत्रकारहरुले संघीयताको अनुभुति गर्न नपाएको उनको भनाइ थियो ।

विशिष्ट अतिथि वरिष्ठ केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले सञ्चारलाई कुण्ठित गर्ने राज्यका कुनै पनि हर्कत महासंघलाई स्वीकार्य नहुने बताए । दुई तिहाइको वलियो सरकारले अहिले सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने प्रकारको सञ्चार नीति बनाएको र त्यसलाई संसोधन गर्नका लागि महासंघमा समिति पनि गठन भएकाले सो समितिले आम सञ्चारलाई कुढिठत गर्ने प्रकारका नीति संसोधन गर्न सुझाव सरकारलाई वुझाइ सकेको उनले जानकारी दिए ।

सचिव उदय जिएमले पछिल्लो समयमा सञ्चारको विकाससँगै सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने समाचारमा विश्वस्नीयता कम हुँदै गएको भन्दै सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेसन गर्न पत्रकारहरुलाई आग्रह गरे ।

महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ दाङका संस्थापक अध्यक्ष नाररायणप्रसाद शर्मा, महासंघका केन्द्रीय सदस्य वसन्त गिरी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, राजनीतिक दलका तर्फबाट नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, काग्रेसका कमानसिंह भारती, राजमो दाङका अध्यक्ष गणेश आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, घोराही उपमहानगरपालिकाका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे, महासंघका पूर्वअध्यक्षहरु केवि मसाल, प्रताप रेग्मी, सुदीप गौतमलगायतले आफ्ना विचार राखेका थिए । महिला उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुपेन्द्र वलीले गरेका थिए ।