इन्द्रेणी संवाददाता
दाङ, १ पुस । दाङमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

accdentआज आइतवार दिउँसो नेपालगञ्जदेखि घोराहीतर्फ आउदै गरेको ना ४ ख ९५६६ नम्बरको बस र बिपरित दिशाबाट आएको रा ३ प ९६०४ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइक चालक प्युठान सरुमैरानी गाउँपालिका वाङ्गेसाल बस्ने रेशम भुसालको मृत्यु भएको हो । उनको लमहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी तुलसीपुर ८ दोघरे स्थित नम्बर नखुलेको सवारी साधनले बबई गाउँपालिका वडा नं. ७ डाँडागाउँ बस्ने बर्ष ५८ को नेत्र बुढाथोकीलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको छ ।