रुकुम, २५ मंसिर । रुकुमपूर्व सिस्ने गाउँपालिका–रुकुमकोटस्थित शहीद स्मृति र रंगशालामा हुने प्रथम रुकुमपूर्व पर्यटन सांस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
मेलाको मङ्गलवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले महोत्सवको उद्घाटन गर्ने आयोजकले बताएको छ । उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको महोत्सव मूल आयोजक समिति संयोजक तथा रुकुमपूर्व चेम्बर अफ कमर्शका अध्यक्ष दिलीप थापाले जानकारी दिएका छन् ।
स्थानीय वनगारी, सिङ्गारु, पैसेरु, पञ्चेबाजा, मयूर, भूम्या, झा“क्री नाचलगायत रुकुमपूर्वमा गाइने तथा नाचिने सबै झाँकी पहिलो दिन प्रस्तुत गरिने आयोजकको भनाइ छ । महोत्सवमा ४० स्टल बुकिङ भएका छन् ।
स्टलमा स्थानीय उत्पादनदेखि व्यापारिक सामग्री राखिएको छ । महोत्सव पुस ५ गतेसम्म चल्नेछ । ‘पर्यटन, संस्कृति, जडीबुटी, उद्योग र व्यापार स् रुकुमपूर्वको समृद्धिका मूल आधार’ भन्ने नारासहित महोत्सव आयोजना गरिएको हो ।
रुकुमपूर्वमा पहिलोपटक महोत्सव हुन लागेको हो । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक भित्र्याएर त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पुर्याउन लक्ष्य राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष थापाले बताए ।
